काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी गरेकी छिन् ।
पार्टीबाट निष्कासन गर्ने कारवाहीले आफूहरुलाई केही फरक नपर्ने भन्दै नेत्री झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन ।
सोमवार राति ट्विटमा उनले लेखेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर...'