Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ ।

    निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको छ ।



    कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गतेसम्म थपिएको थियो ।



    वैशाख ३० गते दुई साताका लागि निषेधाज्ञा थप भएको थियो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।

    गृह मन्त्रालयका अनुसार हाल ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ।

    दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । त्यस्तै, मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार