Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री-प्रधानन्यायाधीश भेटेको समाचार बारे सोधपुछ गर्न पत्रकारहरुलाई सर्वोच्चमा बोलाइयो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नभएको भेटलाई लिएर गलत समाचार प्रकाशन भएको बारे सोध्न सर्वोच्चले दुई समाचार संस्थाका पत्रकारलाई बोलाएको छ ।

जसमा इमेज खबर डटकमका प्रधान सम्पादक राजन कुँइकेल र नेपालसमय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतका रजिष्टारले प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटेको समाचारबारे छलफल गर्नु छ आइदिनु होला भन्दै बोलाइएको छ ।

‘हिजो प्रकाशित समाचारका विषयमा छलफल गर्नु पर्‍यो, रजिष्टारले बोलाउनु भएको भन्दै फोन आएको थियो, अहिले म सर्वोच्च जाँदै छु, के सरोकार रहेछ हेरौं,’ इमेज खबरका सम्पादक कुइँकेलले बताए।

यसअघि सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका थिए ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077