Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको स्पष्टीकरण : प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएकै छैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भेट नभएको बताएको छ।

आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको प्रष्ट पारेका छन्।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077