Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • बृहत् नागरिक आन्दोलन समितिद्वारा सरकारलाई दुष्ट-भ्रष्ट-ज्यानमारा भन्दै विरोध प्रदर्शन

    बृहत् नागरिक आन्दोलन समितिद्वारा सरकारलाई दुष्ट-भ्रष्ट-ज्यानमारा भन्दै विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। कीर्तिपुरमा बृहत् नागरिक आन्दोलन समितिले कोरोना भाइरसको  महामारीमा निःशुल्क स्वास्थ्य, गाँस, बास र कपास, बेरोजगारी भत्ता तथा किसानलाई राहतको  व्यवस्था गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

    बुधबार कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै विरोध प्रदर्शन गरिएकाे समितिले बताएको छ।



    प्रदर्शनमा ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरिएको थियो ।



    महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरिब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार