Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाउन बृहत् नागरिक आन्दोलन समितिको ध्यानाकर्षण

    बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाउन बृहत् नागरिक आन्दोलन समितिको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडाैं। बृहत् नागरिक आन्दोलन समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाउन ध्यानाकर्षण गराएको छ।

    समितिले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टीको बैठक बोलाएर राज्य कोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको भन्दै विरोध जनाएको हो।



    ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्रीनिवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन्।



    बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता-कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ,’ नागरिक आन्दोलनले भनेको छ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेकै दिन त्यहाँ आज कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। सरकारी निवासलाई पार्टी कार्यालयजस्तो गरी प्रधानमन्त्रीले प्रयोग गरेकोमा यसअघिदेखि नै विरोध भइरहेको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार