Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

    सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी हुने छन् ।



    बैठकमा मन्त्रिपरिषद बिस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।



    सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।

    जसपाको आधिकारिकता विवाद सकिएका कारण सरकार बिस्तार हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार