Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

    बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 675
    SHARES

    काठमाडौं । नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा नयाँ गठबन्धनको बैठक बोलाएका हुन् ।



    बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।



    एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

    बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ।

    प्रचण्ड र ओलीले रास्वपाका लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्।

    परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार