Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेशवादी दलसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

    मधेशवादी दलसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 840
    SHARES

    काठमाडौं । नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले बुधबार अपराह्न निवासमै छलफल गरेका हुन्।



    तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए ।



    छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।

    सभापति देउवाले बुधबार बिहान कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार