Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नयाँ गठबन्धनमा भागबण्डाको सकस, अर्थ र गृह मन्त्रालयमा माओवादीको दाबी

    नयाँ गठबन्धनमा भागबण्डाको सकस, अर्थ र गृह मन्त्रालयमा माओवादीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 888
    SHARES

    काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ।

    आज अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। स्रोतका अनुसार माओवादी वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन  गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्।



    माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेर गृह मन्त्रालय आफूले पाउनुपर्ने आशय व्यक्त गरेको स्रोतको दाबी छ ।



    एमाले र रास्वपाले गृहमा दाबी गरेपछि प्रधानमन्त्री प्रचण्डले रास्वपालाई ओलीसँग सल्लाह गर्न सुझाव दिएका थिए । यता ओलीले भने माओवादीलाई गृह मन्त्रालयबारे रास्वपासँग सल्लाह गर्न भनेका छन् ।

    गृह र अर्थजस्ता मन्त्रालय आफूले लिनुपर्ने भन्दै नेताहरूका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला सत्तारुढ दलमा शक्ति बाँडफाँटको विषय पेचिलो बन्ने देखिएको छ ।

    पावरफुल मन्त्रालयमा दलहरूको दोहोरो दाबी पर्न थालेपछि शक्ति बाँडफाँट पेचिलो बन्ने देखिएको गठबन्धन स्रोतले बतायो ।

    गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दाबी गरिरहेको छ भने नेकपा एमाले पनि गृह मन्त्रालय आफ्नो पक्षमा पार्न खोजिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्।

    सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनाएका थिए।

    उक्त गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिनाविभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार