Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस र माओवादीसँग साना दल असन्तुष्ट

    कांग्रेस र माओवादीसँग साना दल असन्तुष्ट

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 534
    SHARES

    काठमाडौं । सहमतिका नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेट्ने कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन् ।

    राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन् ।



    जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् ।



    गठबन्धनको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउन छोडिएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

    निर्णय भएपछि सुनाउन आफूहरूलाई बोलाउने गरिएको बताउँदै उनले सत्तारूढ दलका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरे । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार