Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उपेन्द्रलाई भोट माग्न बारामा आज चुनावीसभा गर्दै सत्ता गठबन्धन

    उपेन्द्रलाई भोट माग्न बारामा आज चुनावीसभा गर्दै सत्ता गठबन्धन

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बारामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा हुने भएको छ । बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनलक्षित सभा आयोजना हुन लागेको हो ।

    बारा–२ अन्तर्गत महागढीमाईस्थित बरियारपुरमा बिहान ११ बजे चुनावी सभा गरिनेछ ।



    सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।



    गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उमेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार