Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोनाले जनता मरिरहेको बेला प्रधानमन्त्री ओलीले भोट माग्नु हुन्न : प्रवक्ता शर्मा

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि आफ्नो पार्टीले विकल्प दिन लागेको बताएका छन्।

आज प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै कांग्रेस नेता शर्माले झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताए।

प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध जनाउदै पुन प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिए।

‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,उनले भने.संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077