Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको चेतावनी : बजेट ल्याउँदा मतदातालाई प्रभावित पार्ने नल्याउनु

काठमाडौँ । आगामी २०७८ कात्तिक २७ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा गरिएको अवस्थामा वर्तमान कामचलाउ सरकारले बजेट ल्याउँदा मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले चेतावनी दिएका छन् ।

पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बजेटमा मतदातालाई प्रभावित गर्ने खालका कार्यक्रम नराख्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरि लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौँ । यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरि निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमा नै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077