Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानूनविद्हरु भन्छन्- सभामुखले संसद बैठक बोलाउन संविधानले छेक्दैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद बैठक पुन बोलाउनु पर्ने माग राखेका छन्।

आज संसद विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा अधिवक्ता भट्टराईले सभामुखले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताए ।

छलफलमा प्रतिक्रियादिँदै भट्टराईले भने संविधान र सर्वोच्चको फैसलाबमोजिम पनि संसद कहिले मर्दैन र सभामुखले संसद बैठक बोलाउन संविधानले छेक्दैन।

सभामुखले नै संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्नुपर्ने भन्दै अधिवक्ता भट्टराई भन्छन्, ‘सभामुखले राष्ट्रपतिलाई संसदको बैठक आह्वानका लागि सिफारिश गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन । सभामुखले पनि यो काम गर्न सक्नुहुन्छ ।'

संसद विघटनका बारेमा सभामुख सापकोटाले आज कानूनविद्हरुसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077