Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशभर भारी वर्षा र हिउँ, सगरमाथामा अड्किएका ५०० पर्वतारोही उद्धारको पर्खाइमा

    देशभर भारी वर्षा र हिउँ, सगरमाथामा अड्किएका ५०० पर्वतारोही उद्धारको पर्खाइमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्ला केही दिनदेखि देशभर भारी वर्षा र हिउँ परेका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका पर्वतारोही तथा श्रमिकहरु अपपत्रमा परेका छन्।

    नेपाल इन्डिपेन्डेन्ट टुरिजम वर्कर्स गिल्डका अध्यक्ष रामकाजी तिवारीका अनुसार करिब ५ पाँच सय जना पर्वतारोही तथा श्रमिकहरु दोश्रो क्याम्पमा अड्किएका हुन्। उक्त टुरिजम वर्कर्स गिल्डका अनुसार हाल उनीहरु उद्धारको पर्खाइमा रहेका छन् ।



    आज अध्यक्ष तिवारीले एक विज्ञप्ति जारी गर्दै टुरिजम वर्कर्सले सगरमाथा हिमालको दोश्रो क्याम्पमा रहेका श्रमिक र पर्वतारोहिको जीवन सुरक्षा गर्न अति आवश्यक भएकोले बेलैमा सरकारले ध्यान दिनुपर्ने जनाएका छन्।



    ‘यस्तो विषम परिस्थितिमा श्रमिक र पर्वतारोहीहरुको जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी हो । यदि समयमै यसतर्फ ध्यान पुर्याउन नसकेर अकल्पनीय घटना घट्यो भने सोको जिम्मा स्वयं नेपाल सरकारले नै लिनु पर्ने छ,’ विज्ञप्तिमा भनिएको छ।

    साथै, उद्धार तुरुन्त हुनुपर्ने माग गर्दै विज्ञप्ति भनिएको छ, ‘उद्धारको निमित्त तुरुन्त आवश्यक पहलकदमी अगाडी बढाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग), नेपाल सरकार र सम्बन्धित निकायहरुसंग जोडदार माग गर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार