Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नाम्चे बजारमा बाक्लो हिमपात, हिमाल जस्तै देखिए होटलका छानाहरु (फोटोफिचर)

    नाम्चे बजारमा बाक्लो हिमपात, हिमाल जस्तै देखिए होटलका छानाहरु (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । बिहीबारदेखि परेको अविरल हिउँका कारण सोलुखुम्बुको नाम्चे बजार सेताम्मे भएको छ । नेपालकै पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त स्थानमा बाक्लो हिमपात भएको नाम्चेबाट टोमी गुस्टाफसनले अनलाइन नेपाललाई जानकारी दिए ।

    हिउँका कारण नाम्चे क्षेत्रका सबै होटल तथा रेस्टुराहरुको छाना पुरिएका छन् । सगरमाथाको द्वार भनेर चिनिने नाम्चेमा यो महिना पहिलो पटक हिउँ परेको हो।



    टोमीका अनुसार बाक्लो हिउँका कारण सगरमाथा क्षेत्रमा आएका पर्यटकहरुलाई सास्ती भएको छ भने मौसम नखुल्दा मनमोहक हिमालहरु बादलभित्र लुक्न बाध्य भएका छन्।



    यस्तै, हिउँका कारण लुक्ला विमानस्थल पनि बन्द भएको छ । लुक्लादेखि नाम्चेसम्म बाटोभर हिउँ नै हिउँ भएको छ। हिमपातका कारण सयौं पर्यटकहरु लुक्लामै रोकिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार