Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँचजनाको मध्यराति उद्धार

    चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँचजनाको मध्यराति उद्धार

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । हिउँ खेल्न गएर चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ ।

    महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको नेतृत्वमा र विपद् टोली गरी ३७ जनाको टोलीले उनीहरुको राति १ बजे उद्धार गरेको हो ।



    चन्द्रागिरि नगरपालिका ६ का एकै परिवारभित्रका पाँच जना महिला तथा बालबालिका हराएको भनी परिवारले राति ८ बजे प्रहरीले खबर गरेका थिए ।



    त्यसपछि प्रहरीले पाँचघण्टा खोजी गरेपछि उनीहरुको उद्धार गरेको थियो ।

    हराएका वर्ष २३ कि रिता गुरुङ, १५ वर्षकी सौभाग्य गुरुङ, १३ को सहज गुरुङ, ११ की जेनिसा गुरुङ र ७ वर्षको एरविन गुरुङलाई उद्धार गरिएको हो । उनीहरुलाई राति ३ बजे परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार