Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिउँमा बस चिप्लिदा ४ जनाको मृत्यु, ५३ घाइते

    हिउँमा बस चिप्लिदा ४ जनाको मृत्यु, ५३ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 576
    SHARES

    एजेन्सी । दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा बस चिप्लिँदा ४ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्।

    हिउँ र असिना लगातार वर्षिंदा अति चिप्लो भएको बिसी राजमार्गमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुल्न नसकेकाले सनाखत हुन सकेको छैन् ।



    स्थानीय स्वास्थ्य प्राधिकरण र तीन वटा क्षेत्रीय अस्पतालमा कम्तीमा ५३ जना घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।



    हिउँ नै हिउँले ढाकिएको सडकको सतहमा दुर्घटनाग्रस्त बस निरन्तर छोपिइरहेको छ । चालकसहित बसमा सवार यात्रीको सङ्ख्या यकिन नभएको क्यानडाको प्रान्तीय प्रहरीको पर्वतीय इकाइले विज्ञप्ति निकालेर बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार