Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिमाली क्षेत्रका विमानस्थलमा बाक्लो हिउँ, हवाई सेवा अवरुद्ध

    हिमाली क्षेत्रका विमानस्थलमा बाक्लो हिउँ, हवाई सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    सिमीकोट । गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ ।

    मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमीकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।



    हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए ।



    विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार