Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नाम्चे बजारमा मापन भयो पछिल्लो १२ बर्षकै सर्वाधिक तापक्रम

    नाम्चे बजारमा मापन भयो पछिल्लो १२ बर्षकै सर्वाधिक तापक्रम

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    सोलुखम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ ।

    समुन्द्र सतहबाट ३४ सय मिटरको उचाईमा रहेको नाम्चेमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो ।



    नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहदै आएको थियो ।



    यस्तै नाम्चेमा तत्काल अधिक वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार