Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओली विपक्षी भएको कुनै पनि मुद्दा अदालतले हेर्न मिल्दैंन : महान्यायाधीवक्ता

काठमाडौँ। महान्यायाधीवक्ता रमेश बडालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका कुनै पनि मुद्दा अदालतले हेर्न नमिल्ने जिकिर गरेका छन् ।

संसद विघटनको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र जबहादुर केसीले हेर्न नमिल्ने भनेर रिट निवेदकका कानुन व्यवसायीले भनेपछि महान्यायाधीवक्ता बडालले त्यसो हो भने ओलीविरुद्धका कुनै पनि मुद्दा अदालतले हेर्न नमिल्ने जिकिर गरे।

आज बहसको सुरुमै रिट निवेदक विपक्षी गठबन्धनलगायत १ सय ४६ सांसदका कानुन व्यवसायीले नेकपा नामको मुद्दामा गत फागुन २३ गते फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसलामाथि पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसी संवैधानिक इजलासमा सहभागी हुन नहुने बताएका थिए ।

जवाफमा महान्यायाधीवक्ता रमेश बडालले भने, 'तीन न्यायाधीशले मिल्दैन भने केपी ओली विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैंन ।' रिट निवेदकले भनेजसरी इजलास गठन हुँदा 'कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर निवेदन हालेमा के गर्नुहुन्छ ?' उनले प्रश्न गरे । नेपाल सरकारको विरुद्ध कुनै एउटा मुद्दा हेरेका श्रीमानले दोहोर्याएर अर्को मुद्दा हेर्न मिल्दैन,’ उनले भने

त्यस्तै, कुन मुद्दा कसले हेर्न मिल्छ र कसले मिल्दैन भनेर संहिता तयार भएको र त्यसमा न्यायाधीशका नातेदार रिट निवेदक छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था आउने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077