Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीसँगको सम्झौताका लागि ल्याइएको बजेट राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले सरकारले सार्वजनिक गरेको बजेटको बिरोध जनाएका छन्।

आज नेता रावलले सरकारले सरकारले सार्वजनिक गरेको बजेटको बिरोध जनाउदै एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि ल्याइएको बजेट राष्ट्रघाती भएको टिप्पणी गरेका छन्।

नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो, सामाजिक सञ्जालमार्फत् नेता रावलले भनेका छन्।

ट्वीटरमा रावलले लेखेका छन्,'नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !'

https://twitter.com/BhimRawal179/status/1398948364717215751

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077