Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठकको निर्णय : पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक सकिएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकमा पार्टी एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ, बैठकपछि बाहिरिदै प्रवक्ता ज्ञवालीले भने।

त्यस्तै, आजको बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ । साथै,बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समेत बैठकमा समिक्षा भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

यसअघि आइतवारका लागि तोकिएको बैठक सोमवारका लागि सारिएकोमा सोमवार पनि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077