Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा नयाँ भेरियन्ट फेला परेको जानकारी छैन : डब्ल्यूएचओ

    नेपालमा नयाँ भेरियन्ट फेला परेको जानकारी छैन : डब्ल्यूएचओ

    'नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्र हो'

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

    आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’



    डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्र हो ।



    केही दिनअघि बेलायती सञ्चारमध्यमले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार