काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’
डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्र हो ।
केही दिनअघि बेलायती सञ्चारमध्यमले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो ।
https://twitter.com/WHONepal/status/1400353636429942785