Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुरे क्षेत्रबारे सूर्य थापा भन्छन् - देशमा जे छ त्यही बेच्ने हो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे क्षेत्र दोहन गर्ने सरकारी नीतिको बचाउ गरेका छन्। नेता थापाले सामाजिक सञ्जालमार्फत् जुन देशमा जे छ त्यही निर्यात गर्न सकिने भन्दै सरकारी कदम उचित भएको भन्दै दावी गरेका हुन्। गत शनिबार सरकारले बजेटमार्फत् चुरे दोहनको कार्यक्रम राखेपछि चौतर्फी आलोचना भएको बेला नेता थापाले ट्वीटमार्फत् उक्त कदमको विरोध नगर्न चेतावनी समेत दिएका छन्। उनले लेखेका छन्,' चुरे क्षेत्रकाे संरक्षण गर्न ल्याइएकाे कार्यक्रमलाई चुरेकाे दाेहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूकाे रवैया नियाेजित छ । इन्धन भएका देशले डिजेल, पेट्रोल बेचिरहेका छन्, पानी, ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ । पहाडी क्षेत्रमा याे संभव छ र गर्नु नै पर्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077