Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको प्रष्टीकरण : नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ ।

आज मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको र समाचारहरुमा प्रकाशित भएजस्तो भेरियन्ट नभएको जनाएका छन्।

बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

यसअघि डब्ल्यूएचओले पनि नेपालमा नयाँ भेरियन्ट भएको बारे जानकारी नभएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077