Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीमा २ मन्त्रालयसहित कांग्रेस सरकारमा जाने

सुर्खेत। नेपाली कांग्रेस दुई मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा जाने भएको छ।

कर्णाली प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारमा जान लागेको बताउदै भने, 'हामी सरकारमा जान लागेका छौं। सामाजिक र जलस्रोत मन्त्रालयमा मन्त्री पठाउँछौं।'

महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा जाने तय भए पनि मन्त्री टुङ्गो लागेको छैन। आज साँझसम्म मन्त्रीको पनि टुंगो लाग्ने उनले बताए।

कर्णाली प्रदेश सभामा कांग्रेसका ६ सांसद रहेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि गत वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पुर्‍याएका थिए ।

हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077