Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै

    सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज पूर्ण बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० न्यायाधीश सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् ।

    बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । विविध शीर्षकको एजेण्डा राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।



    प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ रोकिएको छ ।



    न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मानेका छैनन् भने उनीहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् । संवैधानिक इजलासको विषयमा विवाद भएपछि राणाले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने बताएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार