Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज पूर्ण बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० न्यायाधीश सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । विविध शीर्षकको एजेण्डा राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ रोकिएको छ ।

न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मानेका छैनन् भने उनीहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् । संवैधानिक इजलासको विषयमा विवाद भएपछि राणाले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077