Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीको प्रस्तावबारे छलफल हुने

    नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीको प्रस्तावबारे छलफल हुने

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठक आज बस्दैछ ।

    बैठकमा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल हुनेछ ।



    बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने छ । स्थायी कमिटीमा छलफल पछि ओलीको प्रस्तावका सम्बन्धमा नेपाल समूहले धारणा सार्वजनिक गर्नेछ ।



    ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन् ।

    ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसका लागि उनले विभिन्न शर्त अघि सारेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार