Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न

    नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक सम्पन्न भएको छ। बिहीबार भारतको बेंगलुरुमा उक्त बैठक बसेको हो।
    बैठकमा दुई देशबीचको सुरक्षा मामिलाका विषयमा छलफल भएको छ।

    भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका उत्तर मामिला सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एशिया) श्री तीर्थराज वाग्लेले गरेका थिए।



    बैठकमा दुबै देशका रक्षा, परराष्ट्र, गृह मन्त्रालय, भारतीय सेना र नेपाली सेनाको निर्देशनालय र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरू पनि सहभागी थिए।
    सो बैठकमा दुई देशबीचको सुरक्षा चासो, तालिम, नेपाली सेनाको क्षमता अभिवृद्धि र आवश्यकता, विपद व्यवस्थापन सहयोग लगायतका विषयमा छलफल केन्द्रित भएको थियो।



    त्यस्तै बैठकमा विज्ञ, प्रशिक्षकको आदनप्रदान, सूचना आदानप्रदान,उच्चस्तरीष् संयुक्त भ्रमणको साझेदारीलगायतका विषयमा पनि छलफल भएको छ। नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो।

    समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए।

    परामर्श समूहको १४औँ बैठक विसं २०७६ चैतमा भारतको नयाँ दिल्लीमा गर्ने योजना रहेकामा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार