Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विपक्षी गठबन्धनको सरकार छिट्टै बन्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन्।

आज तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले संविधान अनुसार विघटन नभएको बताए।

न्यायालयले पनि अन्तत: संविधान नै हेर्ने भएकोले संसद पुनर्स्थापना हुने दाबी गर्दै प्रचण्डले भने ‘ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनर्स्थापना हुन्छ ।’

प्रचण्डले अदालतले संसद पुनर्स्थापना गर्ने आफू पक्षधरताको सरकार बन्ने विश्वास समेत गर्दै संसद विघटनविरुद्ध नेपाली कांग्रेस, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्ष पनि रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077