Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गणेश पहाडीको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मन्त्रीसम्म

काठमाडौँ। साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्षमा निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन्।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा एमालेको नवौँ महादिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यसअघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए । पार्टीमा उनी विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए ।

विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गरेका पहाडी विसं. २०४८ मा नेकपा एमालेको सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भए, विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पहाडी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिको सदस्य भएका थिए । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077