Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'ओली, विद्या र बादल ज्ञानेन्द्र भन्दा नालायक'

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई राजनीतिमार्फत् परिवारको उन्नतीमा लागेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा बादलकी श्रीमती नैनकला थापा संचारमन्त्रीमा नियुक्त भएपछि नेता खतिवडाले यस्तो आरोप लगाएका हुन्।

विपक्षी पार्टीका नेता खतिवडाले एक अनलाइनक कार्टुनलाई सामाजिक सञ्जालमा शेयर गर्दै जनता र देशको भलो गर्न माओवादीमा लागेका बादललाई = अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिब्य ज्ञान प्राप्त भएको उल्लेख गरेका छन्।

'अब जनतामा जादा छोराछोरीका भलोकालागि आए है भनेर नयाँ नारा लिएर जाने होलान् ! लाज पचेका ओलि, बिद्या र बादल हिजोका ज्ञानेन्द्र भन्दा नालायक भए।' उनले ट्वीट गरेका छन्।

https://twitter.com/RamhariKhatiwa/status/1403229329786425350

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077