Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिमा नाकाबाट बन्दुकसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिक पक्राउ

सप्तरी। नेपाल-भारत सिमा नाकाबाट एक भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन्। आज बेलुका भारतबाट नेपाल प्रबेश गर्न खोजेको अवबस्थामा सुभरनपट्टी

बोर्डर ईलाकामा सुभरनपट्टी बिओपिबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतीय नागरिक जितेन्द्र मण्डल चौकाललाई पक्राउ गरेको हो।

सशस्त्रका सई चन्द्र बहादुर यसमालीको कमाण्डमा ६ जनाको पैदल गस्ती टोलीले  अवैध  हतियार जस्तो देखिने १- थान (बियरिङ्गको गेडी लाग्ने) सहित चौकाललाई पक्राउ  गरेको हो।  २४ बर्षका चौकाल भारतको मधुवनी बोगटिया घर भएको खुलेको छ । उनलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077