Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा, प्रचण्ड, नेपाल, खनाल र भट्टराईलाई सूर्य थापाको कटाक्ष - ५ जना लागेर पनि एकलाई सकेनाैं !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार पाँच पूर्वप्रधानमन्त्रीहरुले जारी गरेको संयुक्त वक्तव्यलाई लिएर कटाक्ष प्रकट गरेका छन्।

नेता थापाले सामाजिक सञ्जालमार्फत ५ जना पूर्वप्रधानमन्त्रीहरुले वक्तव्यमार्फत बाह्य हस्तक्षप रोक्न गरेको अपिलमा कटाक्ष प्रकट गर्दै सत्ताका निम्ति विज्ञप्ति जारी गरेको बताएका हुन्।

पाँच जना लागेर पनि एकलाई सकेनाैं !! है भन्दै अस्चार्य प्रकट गरेर प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले विचराहरूकाे दुख -भन्दै कटाक्ष गरेका हुन्।

उनले पूर्वप्रधानमन्त्रीहरुको विज्ञप्ति सामाजिक संजालमा शेयर गर्दै लेखेका छन्, हामी सत्ताका भाेका छाैं ! पाँच लागेर पनि एकलाई सकेनाैं !! विचराहरूकाे दुख -

https://twitter.com/ThapajiSurya/status/1403958867466199043

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजग हुनुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077