Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेयर कारोबारमा चलखेल देखिएपछि ‘एओेएन’ बन्द गर्ने बोर्डको निर्णय

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटाएको छ ।

आजदेखि लागू हुने गरी एओएन रोक्का गरिएको नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो।

कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ। बोर्डका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

टीएमएसमा आईओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

एओएन भनेको के हो ?

यदि तपाइले एओएनमा सेयर बिक्रीका लागि एकसय ५० कित्ता राख्नु भएको छ भने कि सबै बिक्री हुन्छ कि त बिक्री नै हुँदैन । अर्को नन भन्ने विकल्प पनि छ जसमा १५० कित्ता बिक्री अडर गरिएको छ भने सय कित्ता बिक्री गरेर ५० कित्ता राख्न पनि सकिन्छ । तर एओनमा कि त बिक्री हुन्छ कि त हुँदैन भन्ने हो । एओएन (अल अर नन) भनेको सेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ । जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् । तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको नेप्सेको दाबी छ । यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077