Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३,९९४ जना डिस्चार्ज हुँदा थप ४६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।

यसअघि हिजो ३,३८४ जना संक्रमित थपिँदा ६,२९५ जना कोरोना संक्रमणमुक्त भएका थिए भने ६१ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077