Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा, थप उपचार जारी

    पूर्वप्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा, थप उपचार जारी

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

    अस्पतालले दिएको जानकारी अनुसार नेता खनाललाई विगत केही दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।



    उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    खनाल यसअघि कोरोना भाइरसबाट संक्रमित भएका थिए । कोरोनामुक्त भएपछि उनी घरमा आराम गरिरहेका थिए ।



    खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार