Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तत: गण्डकीका सांसद कृष्ण थापा पदमुक्त, यस्तो छ सर्वोच्चको आदेश

कास्की । अन्तत: गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । सो आदेशसँगै थापाको पद पनि पद खारेज भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।

आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४  को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’

जेठ २३ मा सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरेर ‘गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनु’ भनेर अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयले भ्याकेट मुद्दा समेत दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077