काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमै जुहारी परेको छ।
नेता श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएपछि त्यसको जवाफ प्रधानमन्त्री ओलीका प्रेस सल्लाकार थापाले दिएका छन् ।
थापाले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? भन्दै प्रश्न गरेका छन् ।
यसअघि नेता श्रेष्ठले सामाजिक सञ्जालमा निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको र संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको पनि बताएका छन् । उनको यही टिप्पणीलाई लिएर थापाले सो प्रश्न गरेका हुन् ।
थापाले भनेका छन् - 'अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि रु अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें ।'
https://twitter.com/ThapajiSurya/status/1404674733350690822