Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उद्धार र राहतमा खटिन कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वयमा प्रभावित क्षेत्रमा परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

यस्तै, अध्यक्ष प्रचण्डले सरकारलाई पनि बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतलाई तीव्रता दिन आग्रह गरेका छन्।

केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विपद व्यवस्थापनमा जुट्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077