Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संचारमन्त्री थापाद्वारा हुलाक कार्यालयलाई जनताबाट गुनासो नआउने गरी सेवा गर्न निर्देशन

    संचारमन्त्री थापाद्वारा हुलाक कार्यालयलाई जनताबाट गुनासो नआउने गरी सेवा गर्न निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 3K
    SHARES

    काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री नैनकला थापाले जनताबाट गुनासो नआउने गरी सेवा दिन निर्देशन दिएकी छिन् ।

    आज हुलाक सेवा विभाग र विज्ञापन बोर्डका कार्यालयको अनुगमनका क्रममा मन्त्री थापाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी छिटो र छरिटो सेवा प्रदान गर्न कमचारीलाई निर्देशन दिएकी हुन्।



    मन्त्री थापाले पछिल्लो समयमा सञ्चार तथा प्रविधिको विकास तीव्र रुपमा भइरहेको जनाउँदै प्रविधिमैत्री सेवा प्रदान गर्न पनि अनुरोध गरिन्।



    यस्तै, मन्त्रालयका हरिप्रसाद बस्यालले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्ने गरी अगाडि बढ्न बोर्डलाई सुझाव दिए । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डले विज्ञापनसम्वन्धी कानूनमा भएका व्यवस्थाको अध्ययन गर्नाका साथै विज्ञापन आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको जानकारी दिए।

    विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम बोर्डको गठन भएको थियो ।

    यसैगरी हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठले हुलाक सेवाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिईन् । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको हुलाकको स्थापना विस. १९३५ मा भएको थियो ।

    मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत निकायमा अनुगमन गरी निर्देशन दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार