Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महोत्तरी भ्रमरपुराकी एक महिला १७ दिनदेखि बेपत्ता, माइती पक्षद्धारा हत्याको आरोप

    महोत्तरी भ्रमरपुराकी एक महिला १७ दिनदेखि बेपत्ता, माइती पक्षद्धारा हत्याको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2K
    SHARES

    जनकपुरधाम । जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्वर ७ भ्रमरपुरा गाउँबाट एक महिला १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट निस्केकी हुन् । यद्यीि उनको माइती पक्षले भने हत्याको आरोप लगाएका छन् । जिल्लाकै पिपरा गाउँपालिका वडा नम्वर ६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरि बेपता गरेको आरोप लगाएका छन् ।

    जितेन्द्रले बहिनीका देवर रुपेशले आफूसँ फोनमा बहिनीलाई मारेको स्वीकार गरेको र मारेर उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खाल्डो खनी गाडेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताए । उनले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार