Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,४४२ जनामा संक्रमण पुष्टि हुँदा ३,४५६ डिस्चार्ज

    २,४४२ जनामा संक्रमण पुष्टि हुँदा ३,४५६ डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२  जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार गत २४ घण्टामा ६ हजार ६७८ जनाको पीसीआर र  ४ हजार २४९ जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १,४२१ र १,०२१  जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५६ जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा ५१  जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७२६  पुगेको छ।

    यसअघि हिजो २,४०१ जना संक्रमित थपिँदा ४६८६ जना डिस्चार्ज भएका थिए भने ३४ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार