Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोरोना अपडेट

    थप ४६ जनाको मृत्यु, मृतकको संख्या ८,७७२ पुग्यो

    थप ४६ जनाको मृत्यु, मृतकको संख्या ८,७७२ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर र  ४ हजार ३२१ जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १,५८४ र ७१३  जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२  पुगेको छ।

    यसअघि हिजो २,४४२ जना संक्रमित थपिँदा ३,४५६ डिस्चार्ज भएका थिए भने ५१ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार