Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ४,५२२ जनामा संक्रमण पुष्टि हुँदा ४,९५४ जना डिस्चार्ज

    ४,५२२ जनामा संक्रमण पुष्टि हुँदा ४,९५४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४ जनाको पीसीआर र  ४ हजार ७०९  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: ३७०३ र ८१९ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९५४  जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार  ८१३ पुगेको छ।

    यसअघि हिजो २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज भएका थिए भने ४६ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार