Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक इजलासमा दोस्रो दिनको बहस, यस्तो भन्छन् अधिवक्ताहरु

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरिएको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ ।

पहिलोपटक गरिएको विघटन बदर भइसकेपछि प्रधानमन्त्रीले पुनः दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट भएको विघटनविरुद्ध परेको रिटमाथि बहस सुरु भएको हो ।

विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले रिट दायर गरेका हुन् ।

रिटमा प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

बिहीबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले बहस गर्नेछन् ।

पहिलो दिन रिट दायरकर्ता तर्फबाट पाँच कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए ।

बुधबारको बहसमा रिट दायरकर्तातर्फका कानुन व्यवसायीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकोले बदर गर्नुपर्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077