Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय हुने

    सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय हुने

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन दिनेबारे आज निर्णय हुने भएको छ ।

    निषेधाज्ञा थप एक साता लम्ब्याउने तथा सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिनेबारे आज सहमति हुने छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज सकिँदैछ।



    काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो पारिएको छ।



    जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे आइतबार छलफल भएको थियो । यातायात व्यवसायीहरुले जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिँदा यात्रुको चाप बढेर संक्रमण झन् बढ्नसक्ने भन्दै सबै गाडी चलाउन दिन आग्रह गरिरहेका छन्।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार