Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाठ्यपुस्तकमा चुच्चे नक्सा गायब

    पाठ्यपुस्तकमा चुच्चे नक्सा गायब

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 3.5K
    SHARES

    काठमाडों । विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो ।

    विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ ।



    गत महिना शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताएका थिए ।



    गत वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।

    तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ ।

    गत वर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार